१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

सुर्खेतमा फोर्स गाडीलाई ट्रकले ठक्कर दियो, ८ घाइते

सुर्खेतको भेरीगंगा नगरपालिकामा शनिबार साँझ एक यात्रुवाहक फोर्स गाडीलाई ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ भने प्रहरीले दुर्घटनालगत्तै फरार भएका ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख ०८५० नम्बरको फोर्स गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०१-००१ ख २९३४ नम्बरको ट्रकले भेरीगंगा नगरपालिका-५ मा ठक्कर दिएको हो।

फोर्स गाडीमा ३८ वर्षीय चालक तेज बहादुर कार्कीसहित ११ जना सवार रहेकोमा ८ जना घाइते भएका हुन्। अन्य तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार भएका ट्रक चालकलाई बबईस्थित प्रहरी पोष्टले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८२ २१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App