२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

घोराही कारागारमा बायोग्यास

दाङको घोराही कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ।

पछिल्लो समय बढ्दो फोहोरको समस्या व्यवस्थापनका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख लक्ष्मणसिँह राठौरल १२ लाखको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको बताए। उनले भने, “दिसाजन्य फोहोर व्यवस्थापनमा निकै चुनौती भइरहेको समयमा यसबाट बायोग्यास उत्पादन गर्दा प्रभावकारी हुने सुझावअनुसार काम गरेका हौं। ५० घनमिटर क्षमताको बायोग्यासबाट हाल ८० जनाको लागि खाना पकाउनमा सहयोग पुगेको छ।”

विभिन्न ठाउँमा फोहोरजन्य वस्तु व्यवस्थापनमा समस्या भइरहेको समयमा आफूहरूले अरुलाई पनि सन्देश दिने उद्देश्यले बायोग्यास उत्पादन गरिएको राठौरको भनाइ छ।

“फोहर अभावले हाल क्षमताअनुसार उत्पादन गर्न सकेका छैनौँ। आगामी दिनमा फोहोर बढाउन सकियो भने अझ धेरै बायोग्यास उत्पादन हुनेछ”, उनले भने, “यसले गर्दा एलपी ग्यासको बचत र दिसाजज्य फोहोरलाई व्यवस्थापन गर्न निकै सहज भएको छ।”

हाल घोराही कारागारमा ४२७ जना कैदिबन्दी रहेका छन्।

प्रकाशित: २४ जेष्ठ २०८२ २१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App