खाद्य स्वच्छता तथा गुणस्तरको क्षेत्रमा निरन्तर समाचार सम्प्रेषण गरी उपभोक्ता चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएकोमा नागरिककर्मी दिलीप पौडेल सम्मानित भएका छन्।
सञ्चारकर्ममार्फत आम उपभोक्ता सचेतना जगाउन भूमिका निर्वाह गरेको भन्दै नागरिक दैनिकको आर्थिक ब्युरो प्रमुख रहेका पौडेललाई विश्व स्वच्छता दिवस तथा १७ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस-२०८२ को अवसर पारेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्मान गरेको हो।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दिपककुमार खराल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले सम्मान पत्र प्रदान गरेर सम्मान गरे।
पौडेलसँगै कान्तिपुरका राजु चौधरी, नयाँ पत्रिकाका अजित अधिकारी, क्लिकमाण्डुका राजेश बर्मा, कारोबारका कौशिला कुँवर, टक्सार म्यागजिनका किरण आचार्य, न्युज एजेन्सी नेपालका सविन धमला लगायतका पत्रकार सम्मानित भएका थिए।
प्रकाशित: २४ जेष्ठ २०८२ २०:५७ शनिबार





