१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पाण्डेको निलम्बनपछि चुडालको प्रतिक्रिया: गंगाको आँसुले शीतलता पायो

‘दुनियाँले बोक्रा देख्छ, गुदी देख्दैन’

काठमाडौं महानगर प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) राजु पाण्डेको निलम्बनपछि नगर प्रहरीकै भाइरल पूर्व सई लोकनाथ चुडालले प्रतिक्रिया दिएका छन्। मंगलबार फेसबुकमा पाण्डेको फोटोसहितको स्टाटस लेख्दै चुडालले प्रतिक्रिया जनाएका हुन्। 

‘पूर्व नगर प्रहरी महिला हबलदार गंगा उप्रेती बहिनीको आँसुले  शीतलता पाएछ।  जस(गंगा)लाई जागिर छोड्न विवश पारिएको थियो,’ चुडालले लेखेका छन्, ‘कथित वसन्त भन्नेलाई पनि समयले जरुर दण्डित गर्ने छ।’ त्यसपछि उनले ‘दुनियाँले बोक्रा देख्छ, गुदी देख्दैन’ भनेर लेखेका छन्। ‘अत्याचार त पिल्सिएकालाई मात्रै बोध हुन्छ,’ चुडालले लेखेका छन्। 

के हो गंगाको राजीनामा प्रसंग? 

२०७८ माघ देखि ०७९ जेठसम्म हवलदार गंगा प्रसूति बिदामा बसेकी थिइन। उनी त्यो बेला टेकुस्थित नगर प्रहरी बलमा कार्यरत थिइन। सुत्केरी बिदाबाट फर्किएपछि पाण्डेले उनको सरुवा कार्यदल शाखामा गरे। तर उनले आफ्नो शल्यक्रिया भएको र बच्चालाई बेलाबखत स्तनपान गराउनुपर्ने भन्दै पहिलेकै ठाउँमा थमौती गरिदिन पाण्डेसँग आग्रह गरेकी थिइन्। तर, पाण्डेले त्यो आग्रह नमानेर उल्टै अपमानजनक व्यवहार गर्दै ‘राजीनामा दिन’ भनेको समाचार बाहिरिएका थिए। 

त्यसपछि पनि पाण्डेले आफूमाथि दुर्व्यवहार गरेको, कार्यसम्पादन राम्रो नभएको भन्दै प्रताडित गरेको, आफ्ना श्रीमान् र आफूमाथि  गाली गर्दै कुटपिट गरेको भन्दै महानगरको न्यायिक समितिमा उजुरी गरेकी थिइन। तर महानगरले छानबिनसम्म गरेन। पछि उनको निवेदन नै गायब भएको बताइन्छ। गंगा हाल सेवामा समेत छैनन्। 

०७९ कै पुसमा असई चुडालले पनि पाण्डेको अत्याचारका कारण भन्दै सेवाबाट राजीनामा दिएर बाहिरिएका थिए। त्यसपछि उनले गंगाको विषयमा सार्वजनिक रूपमा बोल्दै आएका थिए। 

प्रकाशित: २० जेष्ठ २०८२ १९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App