१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना: एक महिलाको मृत्यु, चालक घाइते

काठमाडौंको चन्द्रागिरी नगरपालिका-४ पानीघाटस्थित सडकमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

प्रहरीका अनुसार बा.प्र.०२-०२१ प ८०६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार नुवाकोट, ककनी गाउँपालिका-१ गुदेश्वरीकी ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सशस्त्र प्रहरी अस्पताल, सतुंगलमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०८२ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App