१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा बैंक अगाडि चेतावनीसहितको कुकर बम भेटियो

कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित कृषि विकास बैंक अगाडि सडक छेउमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । 

शनिबार बिहान ६ बजेतिर तारले बेरिएको अवस्थामा फेला परेको उक्त बस्तु शङ्कास्पद देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शङ्कास्पद कुकरमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको छ ।  

इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको बताए । टोलीले वन डिस्पोजल गर्ने कार्य जारी राखेको छ । 

घटना स्थलमा सशस्त्र र नेपाली प्रहरी टोली समेत परिचालन गरिएको छ । चेतावनीसहितको शङ्कास्पद कुकर बम फेला परे पछि पकडी क्षेत्रमा त्रास बढेको छ । 

प्रकाशित: १७ जेष्ठ २०८२ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App