मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव ६५ विनोद कुमार लाल कास्थय पक्राउ परेका छन् ।
उनलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका टोलीले जनकपुरबाट पक्राउ गरेको हो ।
उपभोक्ता समितिको खाताबाट रकम निकालेर आफ्नो व्यक्तिगत खातामा राखेर सरकारी रुपैयाँ दुरुपयोग गरेको भन्दै उनलाई अख्तियारको टोलीले पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिइएको छ । सांसद सिंहको भागमा परेको योजनाहरू बिक्री गरेको भन्ने गोप्य सूचनाको आधारमा आयोगका टोलीले उनको घरमा छापा मारेको थियो।
मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेर समितिको खातामा दाखिला भएको रुपैयाँ स्वकीय सचिव कायस्थमार्फत झिक्न लगाई आफ्नो र आफ्नी श्रीमतीको खातामा जम्मा गराएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
सांसद सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत अख्तियारले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
सांसद सिंह महोत्तरी निर्वाचन क्षेत्र ४ ९ख० बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित छन् । उनी उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी ९जसपा० नेपालका सांसद हुन् ।
प्रकाशित: १३ जेष्ठ २०८२ १६:४३ मंगलबार





