६ असार २०८२ शुक्रबार
image/svg+xml
समाज

लामिछाने र जोशीको मुद्दामा आजै आदेश आउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले आजै आदेश सुनाउने तयारी गरेको छ ।

हेर्दाहेदैमा रहेको मुद्दामा सुनुवाइ सकिएपछि आदेश लेखनको काम सुरु भएको र आजै आदेश आउने सर्वोच्च स्रोतको भनाइ छ । गत मंगलबारदेखि निरन्तर सुनुवाई भइरहेको मुद्दा न्यायाधीशद्वय डा।नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको हो ।

जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए भने वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि सो विरुद्ध लामिछानेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् । उनी अहिले रुपन्देही जिल्ला कारागारमा थुनामा छन् ।

प्रकाशित: ९ जेष्ठ २०८२ १५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App