३ असार २०८२ मंगलबार
image/svg+xml
समाज

भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीलाई बयानका लागि अख्तियारले बोलायो

भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका ९ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।

भिजिट भिसा प्रकरणमा मुछिएपछि गृहले सहसचिव तीर्थराज भट्टराई, नायब सुब्बाहरू प्रेमप्रसाद पौडेल, वीरभद्र जोशी र नरबहादुर थापा, कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्याय तथा सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको सरुवा गरेको हो । सहसचिव भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

सो अघि मात्रै गृहमन्त्री रमेश लेखकले उनलाई मन्त्रालयमा सरुवा गरेका थिए । नासुहरू पौडेल र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । कम्प्युटर अपरेटरहरूको भने  कारागार व्यवस्थापन विभाग र मातहतका कार्यालयमा सरुवा भएको छ ।

प्रकाशित: ९ जेष्ठ २०८२ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App