१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आज (शुक्रबार) बिहान परेको हल्का वर्षाका कारण राजधानीको वायु प्रदूषणको तहमा सुधार आएको छ।

शुक्रबार मध्यान्ह वायु गुणस्तर सूचकांक (एक्युआई)मा ८९ अंकसहित राजधानी विश्वका सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा १५औ स्थानमा छ। प्रदूषणको विश्वव्यापी अनुगमन र तथ्यांक साझेदारी गर्ने संस्था आइक्यूएयरका अनुसार एक्यूआई १४० अंकसहित चीनको वुहान विश्वको सबैभन्दा बढी प्रदूषित सहर र दोस्रोमा १२४ अंकसहित बं‌गलादेशको ढाका र तेस्रोमा १२२ अंकसहित भारतको नयाँ दिल्ली रहेका छन्।  

हावाको गुणस्तरमा आधारमा एक्यूआईलाई ६ विभिन्न तहमा बाँडेर फरक-फरक रंग दिइन्छ। शून्यदेखि ५० एक्यूआईको तह (हरियो रंग) स्वस्थकर मानिन्छ भने ५१ देखि १०० सम्मको तह (पहेँलो)लाई मध्यमस्तर अर्थात मोडरेट तह मानिन्छ।

अहिले काठमाडौंको एक्यूआई ८९ भएको हिसाबले यसलाई मध्यम तहको वायु प्रदूषण रहेको मानिन्छ।

प्रकाशित: ९ जेष्ठ २०८२ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App