८ असार २०८२ आइतबार
image/svg+xml
समाज

अध्यागमन प्रमुख भट्टराइसँग अख्तियारले गर्‍यो सोधपुछ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराइलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय (टिआईए) का प्रमुख सहसचिव भट्टराईलाई गृह मन्त्रालयमा तानेपछि अनुसन्धानको घेरामा परेका हुन् ।

गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा भने पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णुप्रसाद कोइरालालाई पठाएको हो ।

मोरङका सिडिओबाट तानिएका भट्टराई बागमती प्रदेशबाट कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुँदै विमानस्थल अध्यागमन  पुगेका थिए ।

गृह मन्त्रालय अन्तर्गतको एउटा विभागको महानिर्देशक भइसकेको व्यक्ति अर्को विभाग मातहतको कार्यालय प्रमुख बनेर गएपछि भट्टराईको आलोचना भएको थियो ।

प्रकाशित: ७ जेष्ठ २०८२ १७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App