२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

महानगर विवादः ‘अभद्र व्यवहार’ मा गुरागाईँले सोधे पाण्डेसँग स्पष्टीकरण

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।

चैत २१ गतेका दिन आफू लामो बिदापछि काठमाडौं महानगरपालिका कार्यालय प्रमुखका रुपमा प्रमुख प्रशासकीय अधिकृतका हैसियतले कार्यालयमा जाँदा रोकेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका हुन्।

गुरागाईँले आफू कार्यालय उपस्थित हुँदा पाण्डेले महानगर प्रहरी बलको अनधिकृत परिचालन गरी अभद्र व्यवहार र गैह-कानूनी हर्कत गरेको उल्लेख गरेका छन्।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृतका रुपमा आफूले प्रयोग गर्दै आएको सवारी साधन हवील लक गर्ने आदेश दिइ, हवील लक गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउने कार्यमा बाधा उत्पन्न गरेको पनि गुरागाईँले बताएका छन्।

पाण्डेले कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरू समेतको बाटो छेकी अमर्यादित एवं अभद्र क्रियाकलाप गरेको। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटक पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय नगरेको  गुरागाईँले भनेका छन्।

पाण्डेले सञ्चार माध्यममा अनधिकृत बयानबाजी गरेको र उपप्रमुखज्यु र अन्य जनप्रतिनिधिहरुसंग मुख मुखै लागी अमर्यादित व्यवहार देखाएको पनि गुरागाईँले भनेका छन्। 

गुरागाईँले सात दिनभित्र रितपूर्वक स्पष्टीकरण पेश गर्न र म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित बुझ्दो नभएमा कानुन बमोजिम कारबाही गर्ने पनि बताएका छन्।  

प्रकाशित: ६ जेष्ठ २०८२ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App