१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मानव अधिकार आयोगले गर्‍यो हितेन्द्रदेव शाक्यसँग छलफल

मानव अधिकार आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक ई। हितेन्द्रदेव शाक्यसहित प्राधिकरणका उच्च अधिकारीसँग छलफल गरेको छ।

आइतबार आयोगले शाक्यसहित प्राधिकरणका उच्च अधिकारीसँग छलफल गरेको हो।

छलफलमा माथिल्लो तामाकोशी विद्युत् प्रसारणको बोझेनी सवस्टेशन, तनहुँ जलविद्युत आयोजना, मर्स्याङ्दी कोरिडोर आयोजनालगायतबाट प्रभावित आदिवासी जनजाति तथा प्रभावित स्थानीयवासीको मानव अधिकार सम्मान, संरक्षण र परिपालनाको विषयमा छलफल भएको छ।

सामाजिक सुरक्षा मापदण्ड, वातावरण प्रभाव मूल्याङ्कन, प्रभावितको सहभागिता, योगदान, उनीहरूको पूर्वसुसूचित मन्जुरी तथा विद्युतीय तार, पोल लत्रिएका तथा ढलेका कारण मानवीय क्षतिको विषयमा आयोगले जानकारी लिएको छ । 

प्रकाशित: ४ जेष्ठ २०८२ १८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App