१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

काठमाडाैंमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार दिउँसो बा ६० प १७९५ नम्बरको मोटरसाइकललाई बा प्र–०३–००१ ख १२४७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

प्रकाशित: ३ जेष्ठ २०८२ १८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App