विद्युत् अवरुद्ध भएपछि शिक्षा उपसमितिको बैठक मोबाइलको बत्ती बालेर बसेको छ।
बिजुली झ्यापझ्याप गएपछि शुक्रबार (आज) साँझ सिंहदरबारमा बसेको बैठकमा मोबाइलको बत्ती बालिएको हो।
सांसद सुमना श्रेष्ठले बत्ती गएपछि मोबाइलको बत्ती बालेर बैठक बसिएको बताइन्।
बिहीबारदेखि निरन्तर विद्युत् आउने-जाने हुँदा देशभर नै समस्या भइरहेको छ।
प्रकाशित: २ जेष्ठ २०८२ १९:१७ शुक्रबार