काठमाडौँ महानगरपालिका–३१ कात्यायनी चोकमा कारले ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ ।
कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बाप्र०१–०३१च ९५६३ नम्बरको कारको ठक्करबाट सोही ठाउँमा डेरा गरी बस्ने भारत सितामढीका आलोककुमार झाका तीन वर्षीय छोरा शिवांश झाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते बालकको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए।
प्रकाशित: २ जेष्ठ २०८२ १८:०८ शुक्रबार





