१ असार २०८२ आइतबार
image/svg+xml
समाज

आँप टिप्न गएकी बालिकाको रुखले च्यापिएर मृत्यु

खसेको आँप टिप्न बगैँचा गएकी बालिकाको रुखले च्यापिएर मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका ८ मैनिहवा की एक बालिकाको शुक्रबार दिउसो रुखले च्यापेर मृत्यु भएको छ । 

हावाहुरी चलेको बेला बगैँचामा आँप टिप्न गएकी १४ बर्षिया सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको हो। 

घाइते केवटलाई कपिलवस्तु अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए ।

प्रकाशित: २ जेष्ठ २०८२ १६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App