१ असार २०८२ आइतबार
image/svg+xml
समाज

मर्निङ वाकमा निस्किएका २ जनाको गाडीको ठक्करबाट मृत्यु

गोरुसिङे पत्थरकोट सडक खण्ड अन्तर्गत मर्निङ वाक्मा निस्किएका दुई जनाको गाडीको ठक्करबाट कपिलवस्तुको बुद्दभुमी नगरपालिका १ बसन्तपुरमा मृत्यु भएको छ।

अर्घाखाँचीबाट बुटवलका लागि हिँडेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ।

बिहान पौने ६ बजे सो दुर्घटना भएको हो। चालकसहित गाडी प्रहरी नियन्त्रणमा छ। चालक निदाउँदा र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २ जेष्ठ २०८२ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App