१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

अंशु हत्या आरोपी पक्राउको माग गर्दै प्रदर्शन, दर्जन बढी सवारी तोडफोड

अंशु यादव हत्यामा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

बिहीबार उनीहरूले जनकपुरधामको रामानन्द चोकमा सडक जाम गरेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले भ्रष्ट सरकार मुर्दावाद, स्थानीय प्रशासन मुर्दावाद, न्यायाधीश मुर्दावाद, न्याय मरेको देश नारासहितको प्लेकार्ड बोकेका थिए।

उनीहरूले एक दर्जन सवारीसाधन तोडफोड गरेका छन् । एक घण्टादेखि जनकपुर–ढल्केवर सडक अन्तर्गत रामानन्द चोकमा जाम छ।

यसअघि पनि दुई पटक मृतक अंशुकी आमासहित स्थानीयले बिन्धीस्थित जनकपुर( जलेश्वर सडक खण्ड जाम गरेर प्रदर्शन गरेका थिए।

जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीका १७ वर्षीय अंशु यादवको होलीका दिन छुरा ९चक्कु० प्रहार गरी हत्या भएको थियो। प्रहरीले घटना स्थलबाटै उनको हत्या आरोपमा धर्मेन्द्र महतोलाई पक्राउ गरेका थिए भने अर्का एक जनालाई केही दिन अगाडि पक्राउ गरेका थिए ।

अशुकी आमा अर्चना यादवले सात जना मिलेर छोरालाई हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्। तर प्रहरीले यस मुद्दामा दुई जनालाई पक्राउ गरिसकेको छ भने अन्य ५ जना आरोपी फरार रहेका छन् ।

प्रकाशित: १ जेष्ठ २०८२ १६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App