नागढुंगामा ट्राफिक प्रहरी निरीक्षकले जवानलाई कुटेको घटना छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेको छ।
एसपी पदमबहादुर विष्टको नेतृत्वमा गठन भएको तीन सदस्यीय समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका निरीक्षक सदस्य रहेनेछन्।
बुधबार नागढुंगास्थित सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत साह र खड्कालाई जिम्मेवारीबाट हटाइएको छ। ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको साहले बताएका छन्।
प्रकाशित: १ जेष्ठ २०८२ १५:५९ बिहीबार





