१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडक कालोपत्र हुँदै

रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडक २३ करोड ३२ लाख रूपैयाँको लागतमा कालोपत्र हुने भएको छ। यस निम्ति आवश्यक तयारी भइरहेको छ।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो।

सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउने लगायत काम धमाधम भइरहेको छ। आगामी एकदुई दिनमा कालोपत्र थालिने इञ्जिनियर अरुण सेढाईंले बताए।

सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी ढलान गरिने छ। “ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रका लागि तयारी अवस्थामा छौं”, सेढाईंले भने।

पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए। रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर कालोपत्र र ३०० मिटर सडक ढलान भइसकेको छ। 

प्रकाशित: १ जेष्ठ २०८२ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App