१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सतुङ्गलस्थित कपडा गोदाममा आगलागी

काठमाडौंको सतुङ्गलस्थित कपडा गोदाममा बिहान लागेको आगो नियन्त्रणमा आएको छ।

बिहान ५ः२० बजेतिर लागेको आगो ६ वटा दमकल र एक दर्जनभन्दा बढी पानी ट्याङ्कर प्रयोग गरी आज बिहान सात बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए।

यसअघि हिजो बिहान काठमाडौंको मखन टोलमा आगलागी भएको थियो। जसमा एक महिलाको मृत्यु भएको थियो।

प्रकाशित: १ जेष्ठ २०८२ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App