१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको पहिचान

काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि दुई घरमा भएको आगलागीमा मृत्यु भएकी वृद्धाको पहिचान भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आगलागीमा काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको मृत्यु भएको छ।  

आज बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिकैको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा फैलिएको थियो। बिहान १० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो।  

प्रहरी उपरीक्षक बोहराले करिब तीन घण्टा लागेको आगो नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको बताए। जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औद्योगिक क्षेत्रको एक गरी छ दमकलको सहायताले आगो नियन्त्रण गरिएको थियो। रासस

प्रकाशित: ३१ वैशाख २०८२ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App