२६ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

एमालेका १३ नयाँ केन्द्रीय सदस्यले लिए शपथ

नेकपा (एमाले) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले नयाँ मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

दुई दिनअघि बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीका विभिन्न तहमा क्रियाशील १३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।

शपथ लिनेहरूमा श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्‌बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी हुन् ।

प्रकाशित: २६ आश्विन २०८३ १६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App