१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासत राख्न अनुमति

क्याप्शन

रविन्द्र मिश्रलाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अदालतले म्याद थप गरेको छ।

मंगलबार जिल्ला अदालत, काठमाडौंमा पेस गरिएको म्याद थपको प्रस्तावमा उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको हो।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो। उनीमाथि राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेकाे छ।

यसैबीच, मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै उनको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर भएको छ।

सर्वोच्चले अब यो रिटमाथि सुनुवाइ गरी मिश्रलाई थुनामा राख्ने वा रिहा गर्ने भन्ने फैसला गर्नेछ। रिटमा उनको हिरासतलाई गैरकानुनी भन्दै तत्काल रिहाइको माग गरिएको छ।

प्रकाशित: ३० वैशाख २०८२ १८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App