नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिँदा दुई तर्फी नै सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विरगञ्जबाट कोइला बोकेर काठमाडौंतर्फ गइरहेको मधेस प्रदेश ०३-००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। मुग्लिनबाट २ किलोमिटर दक्षिणमा पर्ने तुइनखोलामा पल्टिएको ट्रकलाई जेसीबीको प्रयोग गरी हटाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २८ वैशाख २०८२ ०८:१८ आइतबार




