भारत र पाकिस्तानबीचको तनाव कम गर्न र शान्ति कायम गर्न ठोस कदम चाल्न मानवअधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। समाजले लैनचौरस्थित भारतीय राजदूतावास र चुनदेवीस्थित पाकिस्तानी राजदूतावासअगाडि छुट्टाछुट्टै प्रदर्शन गरेको छ।
प्रदर्शनमा भारत र पाकिस्तानबीचको बढ्दो तनाव र पछिल्लो समय बिग्रिएको सम्बन्ध दक्षिण एसियाका लागि मात्र नभई विश्व शान्तिका लागि पनि चिन्ताजनक रहेको समाजले जनाएको छ।
‘आतङ्कवाद सधैँ निन्दनीय छ’, ‘अतिवाद र आतङ्कवाद मानवताका शत्रु हुन्’, ‘शान्तिको कुनै विकल्प छैन: युद्धको कुनै भविष्य छैन’, ‘दक्षिण एसियालाई युद्धरहित क्षेत्र बनाऔँ’, ‘युद्धमा कसैले जित्दैन, हार्ने केवल मानवता हुन्छ’, ‘युद्धमा सबैको नोक्सान हुन्छ, शान्तिमा सबैको जित हुन्छ’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापतिहरू रामकृष्ण बराल, होमकान्त चौलागाईँ, सल्लाहकार रामप्रसाद जोशी, कोषाध्यक्ष चन्द्रमणि बन्जारा, बागमती प्रदेश सचिव दिवाकर पुडासैनी, केन्द्रीय सदस्य नम्रता खरेल, उमा गौतम, रोजिना विष्ट, मणिराम दाहाल, काठमाडौँ शाखा सभापति बिकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापा, चितवन शाखा सभापति पूर्णचन्द्र चापागाईँ, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, आजीवन सदस्य ईश्वर पुडासैनी, रविना पौडेल, तुलसीराम भण्डारीलगायत सहभागी थिए। रासस
प्रकाशित: २६ वैशाख २०८२ १९:४८ शुक्रबार