१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पाल्पा-बुटवल सडक खण्डामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

बिहीबार साँझ तिनाउ गाउँपालिका–३ सिद्धबाबा हुँदै बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१क २५१७ नम्बरको खाली टिप्पर दुर्घटना हुँदा चालक सियारी गाउँपालिका–२ रुपन्देहीका २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

टिप्परको चक्का पन्चर हुँदा अनियन्त्रित भई सडकबाट ६५ मिटर तल तिनाउ खोला किनारमा खस्दा चालक यादव गम्भीर घाइते भएका थिए। उनलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो।

अस्पताल पुर्याइएका प्रभाकरको उपचारका क्रममा मृत्यु भएको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०८२ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App