१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

हेटौंडामा दुई मोटरसाइकल ठोक्किँदा दुई घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालाको अगाडिको भित्री सडकखण्डमा मंगलबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

कमानेबाट रंगशाला तर्फ गइरहेको बा.प्र.०३–००४ प ७०३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्र.३–०२–०१२ प ६७६५ नम्बरको अर्को मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा हेटौंडा–१७ राजदेवी निवासी करिब ५० वर्षीय प्रदीप कुमार थापा मगर गम्भीर घाइते भएका छन्। उनको टाउको र दुबै हातमा चोट लागेको छ।

उनलाई थप उपचारका लागि उनलाई चितवनस्थित न्यू सीएमसी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा अर्को मोटरसाइकल चालक बाराको कोल्बी नगरपालिका–९ घर भई हाल सशस्त्र प्रहरी बल, नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुरमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार नारायण भुजेल सामान्य घाइते भएका छन्। उनको दाहिने काँधमा चोट लागेको छ।

प्रकाशित: २३ वैशाख २०८२ १९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App