१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

हावाहुरीका कारण फेवातालमा फसेका सबैको उद्धार

पोखराको फेवातालमा सोमबार दिउँसो हावाहुरी चलेपछि डुंगामा सवार यात्रु फसेका थिए। सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उनीहरुको सकुशल उद्धार गरेको छ।

हावाहुरीका कारण एउटा डुंगा तालमा पल्टिएको थियो।

सशस्त्र प्रहरी बल, कालिका गण मालेपाटनका प्रमुख एसपी सूर्य तिमिल्सिनाले डुंगामा सवार सबैलाई सशस्त्र प्रहरीले र तालमन्दिर दर्शन गर्न गएका अन्य २ जनालाई नेपाली सेनाले उद्धार गरेको जानकारी दिए।

उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको उनले बताए। पोखरामा हावाहुरीसहित वर्षा जारी रहेको छ।

प्रकाशित: २२ वैशाख २०८२ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App