१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सेती नदीमा बेपत्ता युवकको शव भेटियो

कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय युवकको शव भेटिएको छ।

बागलुङ निसिखोला गाउँपालिका–३ का स्थायी बासिन्दा तथा हाल पोखरा मझेरीपाटन बस्दै आएका युवराज विक मंगलबार दिउँसो २ बजे डुबेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अन्दाजी १८ फिट गहिराइबाट उनको शव फेला पारेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमान्डमा खटिएको गोताखोर टोलीले घटनाको डेढ घण्टापछि अन्दाजी १८ फिट गहिराइबाट उनको शव निकालेको हो।

शवलाई आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरीको जिम्मा लगाइएको छ।

प्रकाशित: २२ वैशाख २०८२ १६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App