१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

स्रोत नखुलेको ९५ लाख सहित चार जना पक्राउ

स्रोत नखुलेको झण्डै ९५ लाख रुपैयाँसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार दिउँसो करिब ४ बजे काठमाडौं महानगरपालिका–९ स्थित पिङ्गलास्थानमा पशुपति भिजन अगाडि दुई वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा सवार रहेका चार जनालाई रोकी जाँच गर्दा उनीहरूको साथमा रहेको झोलाबाट ९५,१७,५०० (पञ्चानब्बे लाख सत्र हजार पाँच सय) फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपील राज बोहराले जानकारी दिए।

रकमको स्रोत खुल्न नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँ घर भएका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।

उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको बोहराले जनाए।

प्रकाशित: २१ वैशाख २०८२ २१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App