२१ पुस २०८२ सोमबार
image/svg+xml
समाज

प्रश्नपत्र बाहिरिएको विषयमा प्रशासनले थाल्यो अनुसन्धान

आइतबारदेखि सुरु भएको कक्षा १२ को बोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको हल्लापछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले यसबारेमा अनुसन्धान थालेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित बुढाथोकी लगायतको टोली चाणक्य कलेज शंखधर चोक मध्यपुर थिमि पुगेर सोधपुछ गर्न लागेको हो।

'सिसिटिभी फुटेज हेर्दा पनि हल्ला भए जस्तै प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक गरेको देखियो', सिडिओ अर्यालले भने, 'यसबारे अनुसन्धान अगाडि बढाउन मैले निर्देशन दिइसकेको छु ।'

घटनाको तथ्य भने अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए । सिडिओ अर्यालले घटनाबारे राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका प्रमुखलाई पनि जानकारी दिइसकेको जनाए ।

जिल्लाकै मध्यपुर थिमि चाणक्य कलेजको सेन्टरमा जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित काठमाडौं वर्ल्ड स्कुलका परीक्षार्थीको परीक्षा केन्द्र थियो ।

आइतबार बिहानदेखि देशैभर कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको छ।  

प्रकाशित: २१ वैशाख २०८२ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App