जबरजस्ती करणी मुद्दामा फरार रहेका दोलखा, गौरीशंकर गाउँपालिका–५ सुरी डाँडाटोलका रबिन तामाङ (उर्फ बागसिं) इन्टरपोलको रेड नोटिसपछि बिहीबार पक्राउ परेका छन्।
साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा नेपाल प्रहरीको एनसीबी काठमाडौं टोलीले उनलाई पक्राउ गरेको हो।
दोलखा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दामा फरार रहेका तामाङलाई अन्तर्राष्ट्रिय तहमा खोजी गर्न जिल्ला प्रहरी कार्यालय दोलखाको अनुरोधमा सन् २०२३ अगस्ट २१ मा इन्टरपोल महासचिवालयले रेड नोटिस जारी गरेको थियो।
पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ।
प्रकाशित: १८ वैशाख २०८२ २०:४५ बिहीबार





