१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

ओली-देउवाबिच भेटवार्ता, किन गएनन् दाहाल ?

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई पनि निम्तो दिइएको भए पनि उनी बैठकमा सहभागी भएनन्।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, शान्ति प्रक्रियाका बाँकी काम, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दाहालको अनुपस्थितिको कारणबारे माओवादीका एन नेताले विश्वासको वातावरण नबनेको सुनाए। आलीसँग दाहाल रुष्ट रहेको उनको आश्य थियो‍।

“छलफलका लागि बैठक बोलाएको हो वा आफ्ना निर्णयमा किनाराको साक्षी बनाउन खोजेको हो भन्ने प्रष्ट छैन। उहाँले बोलाउँदैमा जानैपर्छ भन्ने पनि छैन।” ती नेता भने।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, दाहाललाई बिहीबारको छलफलका लागि औपचारिक रूपमा बोलाइएको थियो। तर, मजदुर दिवसको कार्यक्रममा व्यस्त रहेको र विश्वासको संकटका कारण दाहाल उपस्थित नभएको बुझिएको छ। यसअघि कुलमान हटाइएपछिको बैठकमा भने दाहाल सहभागी भएका थिए।

भेटवार्तामा ओली र देउवाले सरकारले शुक्रबार संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र टीआरसीसम्बन्धी विषयमा कुराकानी गरेको बताइएको छ।

माओवादी केन्द्रले भने प्रधानमन्त्रीको कार्यशैली र एकलौटी निर्णयप्रति असन्तुष्टि जनाउँदै थप छलफलको वातावरण बनाउनुपर्ने अडान राखेको छ।

प्रकाशित: १८ वैशाख २०८२ १९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App