१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

गुडिरहेको टिप्परमा आगलागी

विराटनगर-विराट चोक सडक खण्डमा सोमबार दिउँसो गुडिरहेको एउटा टिप्परमा आगलागी भएको छ ।  

विराटनगर महानगरपालिका–१९ मिलन चोकमा गुडिरहेको प्र १–०२–००१ ख ८५३१ नम्बरको टिप्परमा अचानक आगलागी भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।  उनका अनुसार मोरङको मोतिपुर खोलाबाट गिट्टी लोड गरेर सुनसरीको भुटाहतर्फ जाँदै गर्दा मिलन चोक गुडिरहेकै अवस्था टिप्परमा अचानक आगलागी भएको हो । सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चालएको टिप्परको अघिल्लो भाग पूर्ण रुपमा जलेको छ ।  

गुडी रहेको टिप्परमा धुँवाको गन्ध आएपछि रोकेर हेर्दा आगो सल्कि सकेको बताएको चालकलाई उदृत गर्दै ट्राफिक प्रहरीले भन्यो । टिप्परमा लागेको आगोलाई विराटनगर महानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।  

ट्राफिक प्रमुख लम्सलाले भने, ‘टिप्परमा आगलागीको यकिन कारण खुलेको छैन । तर, तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेका छौं । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएका छौं ।’ घटनामा मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित: १५ वैशाख २०८२ १७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App