१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

स्वास्थ्य उपकरण खरिद भ्रष्टाचारमा २१ करोड ८९ लाख दाबीसहित विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहविरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ।

त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साहविरुद्ध पनि २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ।

माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र लेखा अधिकृत अमरदीप महतोविरुद्ध पनि २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ।

सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितविरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

सोही मुद्दामा आयोगले फरक फरक रुपमा चारवटा मुद्दा दायर गरेको छ। आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितसहित १५ जना र हस्पिटेक प्रालिविरुद्ध १९ करोड ४६ लाख १३ हजार १२० रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ।

मधेश प्रदेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि खरिद गरिएको उपकरणमा भ्रष्टाचार भएको भन्दै आयोगले पाँच करोड एक लाख ९० हजार ८० रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। रासस

प्रकाशित: १५ वैशाख २०८२ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App