१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

रुखका हाँगा काट्न उदयपुरमा दिनभर बिजुली कटौती

नेपाल विद्युत प्राधिकरणले उदयपुरमा शनिबार बिहान ८:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म बिजुली कटौती हुने जनाएको छ। 

हावाहुरी र सामान्य वर्षाले बिजुली अवरुद्ध हुने समस्याको समाधान गर्न पोल र टावर वरपरका रुखका हाँगा काट्नुपर्ने भएकाले बिजुली बन्द गरिएको हो। प्राधिकरण वितरण केन्द्र गाईघाटले शुक्रबार सूचना जारी गर्दै ११ हजार केभीए प्रसारण लाइनअन्तर्गत गाईघाट, जोगीदह र चुहाडे फिडरमा बिजुली कटौती हुने जानकारी दिएको छ।  

त्रियुगा नगरपालिका-११ गाईघाट, १२ पुरानो गाईघाट, १० बोक्से, ७ चुहाडे, ६ जलजले, ५ दमौटी र देउरी, ४ बगाहा, ३ मोतिगडा तथा चौदण्डीगढी नगरपालिका-९ र १० को हडिया क्षेत्रमा बिजुली कटौती हुनेछ। प्राधिकरण केन्द्र प्रमुख माधव यादवले हावाहुरी र वर्षामा रुखका हाँगाले तार छोएर बिजुली अवरुद्ध हुने भएकाले हाँगा काट्न लागिएको बताए।

प्रकाशित: १३ वैशाख २०८२ १०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App