१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

सप्तकोशीमा बेपत्ता व्यक्ति खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

वैशाख ८ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ।

खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षीय जेनिश आचार्य वैशाख ८ गते बिहान साढे ८ बजे नुहाउने क्रममा सो नदीमा डुबेर बेपत्ता भएको बताइएको छ।

घटनापछि उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको हो। गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको डिएसपि शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ८ वैशाख २०८२ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App