११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

कालिकोटको पलाँता गाउँपालिकाको थिर्पूबाट खाद्यान्न लिएर खिन, धौलागोह जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

मृतकमा पलाँता गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ का ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ।

राति ११:३० बजे पलाँता-९ थिर्पूबाट खिन जाँदै गरेको ट्याक्टर पलाँता गाउँपालिका-२ को लार्फ गाउँ नजिक दुर्घटना भएको हो। घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। ट्याक्टर दुई सय मिटर तल खसेकाले ट्याक्टरको नम्बर पत्ता लगाउन कठिन भएको स्थानीयले बताएका छन्।

प्रकाशित: ८ वैशाख २०८२ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App