नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनले ३५औं स्थापना दिवसको अवसरमा खाद्यान्न र फलफूल वितरण गरेको छ।
नेपाल निजामती कर्मचारी संगठन कालीकोटले आफ्नो स्थापना दिवसका अवसरमा 'न्यानो काख सेवा' समाजलाई खाद्यान्न र जिल्ला अस्पताल कालीकोटका बिरामीलाई निःशुल्क फलफूल वितरण गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सामाजिक भावनाले गरिएका यस्ता कार्यक्रमहरू अर्थपूर्ण हुने बताए।
कर्मचारीको सामाजिक जिम्मेवारीलाई बलियो बनाउन यस्ता कार्यक्रमहरू उदाहरणीय हुने पनि उनले बताए।

संगठनका अध्यक्ष भक्तिप्रसाद पाण्डेले समाजमा सकारात्मक सन्देश फैलाउन र सहयोगको भावना जागृत गराउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए।
प्रकाशित: ७ वैशाख २०८२ २१:०९ आइतबार





