बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार अपराह्न बागलुङ नगरपालिका—४ ढोडेनी बस्ने सुरेन थापा मगरका छोरा १७ वर्षीय शिव थापा मगरको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरदेखि पाँच सय मिटर टाढा म्याग्दी जिल्लाको बेनी नगरपालिका—१ बेलबोट स्थित शिव मन्दिरको कम्पाउण्ड भित्र रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगा नजिकै रहेको तेत्तिस हजार के.बि.प्रसारण लाईनको नाङ्गो तारमा छुन जाँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लगोर गम्भीर घाईते भएका उनलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रकाशित: ५ वैशाख २०८२ १८:४८ शुक्रबार





