२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

डा.भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित पूरक निवेदन दर्ता

नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा.गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित शुक्रबार सर्वोच्च अदालतमा पूरक निवेदन परेको छ । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले भट्टको योग्यता नपुग्ने दाबीसहित पुरक निवेदन दिएका हुन् ।

उनीहरुले नै दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले ६५ वर्षमाथिका व्यक्तिलाई गर्भनर नियुक्ति नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सोही रिटमाथि पुरक निवेदन दिँदै अधिवक्ताहरु उप्रेती र थापाले भट्टको योग्यता नपुग्ने दाबी गरेका हुन् ।  

‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै अर्थ मन्त्रालयले चैत १८ गते पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।  

सर्वोच्चले अब दुवै निवेदनमाथि आइतबार एकसाथ सुनुवाइ गर्नेछ । 

प्रकाशित: ५ वैशाख २०८२ १८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App