११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

बाल यौन दुरुपयोगको आरोप लागेका बम्जनले पाए सफाइ

सर्लाही जिल्ला अदालतबाट बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका रामबहादुर बम्जनले सफाइ पाएका छन् ।  उच्च अदालत जनकपुरको न्यायधिशद्धय नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले उनलाई सफाइ दिएको हो ।

गएको चैत ६ गते नै फैसला सुनाइएका थियो । उक्त फैसलाको पुर्णपाठ बिहीबार सार्वजनिक गरेको उच्च अदालत जनकपुरका रजिस्टार सुशिल यादवले जानकारी दिए ।

यसअघि उनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

२०७७ असार १८ गते सर्लाही जिल्ला अदालतमा दर्ता भएको मुद्दामा २०८१ असार १७ गते फैसला सुनाउँदै अभियाेजनपत्रमा उल्लेख व्यहाेराकाे आंशिक दाबी पुगेको फैसला गरेका थिए। त्यसपछि उक्त फैसलामा असन्तुष्टि जनाउँदै बम्जन २०८१ असोज ४ गते उच्च अदालतमा पुनरावेदन पुगेका थिए ।

प्रकाशित: ४ वैशाख २०८२ १७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App