वरिष्ठ पत्रकार भैरव रिसालको सम्झनामा सोमबार भक्तपुरमा स्मृतिसभा गरिएको छ। स्मृतिसभा पत्रकार समाज नेपालको आयोजनामा सभा गरिएको हो। भक्तपुरबाट प्रकाशन हुँदै आएको श्रमिक साप्ताहिक र मजदुर दैनिकका स्तम्भकार वरिष्ठ पत्रकार रिसालको स्मृतिसभा भएको हो। दुई दशकयता रिसालले ती दुवै पत्रिकामा लेख लेख्दै आएका थिए।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें, सचिव एवं संघीय सांसद् प्रेम सुवाललगायतले रिसालको योगदानको सम्झना गरेका थिए। रिसाल २०४८ सालमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार थिए। उनी झिनो मतले नेपाली कांग्रेसका जग्गनाथ आचार्यसँग पराजित भएका थिए।
प्रकाशित: २ वैशाख २०८२ ०८:२० मंगलबार





