१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

सोमबार मात्रै उठाइयो विस्का जात्राको लिङ्गो

रातभरको प्रयासमा पनि उठाउन नसकेको भक्तपुरको विस्का जात्राको ल्योसिंद्य (लिङ्गो) सोमबार दिउँसो उठाइएको छ। सोमबार दिउँसो झण्डै सवा एक बजे लिङ्गोलाई उठाइएको हो। आइतबार साँझदेखि नै लिङ्गोलाई उठाउन थालिएको थियो।

भक्तपुरको विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन लिङ्गो उठाउने चलन छ । ५५ हात लामो ठूलो भएका कारण घण्टौँको प्रयासपछि मात्रै लिङ्गोलाई उठाइन्छ। यद्यपि यो वर्ष वर्षको अन्तिम दिन नभएर सोमबार मात्रै उभ्याइएको छ।

लिङ्गो उभिएपछि जात्रा स्थलमा खुसीयाली छाएको छ । उठाइएको लिङ्गोलाई आज साँझ नै ढालिने परम्परा छ । दशकपछि यो वर्ष निर्धारित दिनमा लिङ्गो उठाउन असफल भएको हो । यसअघिका वर्ष पनि कुनै कुनै बेला निर्धारित दिनमा लिङ्गो उठाउन नसकेको इतिहास छ । ५५ हात लामो अनि ठूलो भएका कारण लिङ्गो उठाउन सयौँ युवालाई पनि घण्टौँ लाग्ने गर्दछ । लिङ्गोलाई डोरीले तानेर उठाउने गरिन्छ ।

प्रकाशित: १ वैशाख २०८२ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App