२७ चैत्र २०८१ बुधबार
image/svg+xml १७:५८ अपराह्न
समाज

विशेष अदालतको फैसला चित्त नबुझ्दा सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा आयोगले दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बराबरको बिगो दावी गरेको थियो। उक्त मुद्दामा विशेषले गत असार ३१ गते फैसला गरेको थियो।

त्यस्तै, आयोगले कटहरिया नगरपालिका रौतहटका नगरप्रमुख अजयप्रकाशसमेत विरुद्ध मुद्दा दायर गरेको थियो। जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भए गरेको कार्यभन्दा बढी परिमाण देखाई भुक्तानी गरेको पाइएको थियो।

आयोगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ बराबरको बिगो दावी गरेको थियो। विशेषले सो मुद्दामा गत असार ३१ गते फैसला गरेको थियो। उक्त मुद्दामा विशेषले गरेको फैसला कानुन सम्वत् नभएको दावी गर्दै शुक्रबार पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। रासस

प्रकाशित: २३ चैत्र २०८१ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App