काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सुरक्षा थ्रेट भएमा जुनसुकै पदाधिकारीलाई कार्यालयमा छिर्न नदिने बताएका छन्।
आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयभित्र प्रवेश गराउने क्रममा नगर प्रहरी र कर्मचारीबिच टकराब भएको थियो। त्यही क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले भने, 'हामी कर्तव्य छोड्दैनौँ। १ वर्षसम्म भाकै बस्न परे पनि हामी कर्तव्यबाट भाग्दैनौँ। प्रहरीको काम नै सुरक्षा दिने हो। हामीले सुरक्षा दिने हो। सुरक्षा थ्रेट भएमा जुनसुकै पदाधिकारीलाई हामी छिर्न दिँदैनौँ।'
प्रकाशित: २१ चैत्र २०८१ १२:४१ बिहीबार