१९ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

भाटभटेनी सुपरमार्केटमा भएको तोडफोडबाट ८० लाख बढीको क्षति

काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोडमा ८० लाख बढीको क्षति भएको छ। भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ।

राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए। त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन्। भवनमा क्षति पुगेको छ। त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ। काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ। भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना आजै पक्राउ परेका छन्।

प्रकाशित: १८ चैत्र २०८१ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App