२० चैत्र २०८१ बुधबार
image/svg+xml २२:२१ अपराह्न
समाज

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो। उनको घटनास्थलमै ज्यान गएको उनले बताए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०८१ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App